images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज...

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं ।ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ।

    images
    images

    सर्वसाधारणले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सो मध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

    कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो।कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

    images
    images

    सीडीएससीका अनुसार शनिवार साँझ ५ बजेसम्म यो आइपीओमा १६ लाख १८ हजार ९७८ जनाबाट १ करोड ९६ लाख ४३० कित्ता शेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १३.२८ गुणा बढी हो।मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोला प्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend