images

२०८३ आश्विन २१ गते

images
images
images

कुन उमेरका बच्चा दिनमा कति घण्टा सुत्नुपर्छ ?

कुन उमेरका बच्चा दिनमा कति घण्टा सुत्नुपर्छ ?

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौँ । बाबुआमालाई सबैभन्दा ठूलो समस्या बच्चालाई सुताउनु हो । थोरै हलचल वा हल्का असहज भएमा पनि उनीहरूको निद्रामा दखल पुग्न सक्छ । निद्रा नपुगेर उनीहरू रुने र झर्को मान्ने गर्छन् । त्यसपछि फकाएर सुताउन कठिन पर्छ ।जसकारण उनीहरूलाई निदाउन सहज पार्ने वातावारण बनाउनुपर्छ । किनकी, उनीहरूको समग्र विकासका लागि लामो निद्रा आवश्यक छ । उनीहरूलाई रातको निद्राले मात्र पुग्दैन । दिनमा पनि उत्तिकै निद्रा चाहिन्छ ।

    images
    images

    खासमा बच्चालाई दिनमा कति घण्टा निद्राको आवश्यक पर्छ त ?

    जन्मिएको केही दिन नवजात शिशु धेरै सुत्छन् । उनीहरू भोक लागेपछि मात्रै उठ्छन् । नवजात शिशुहरूको सामान्यतया निदाउने र ब्युँझिने नियमित चक्र हुँदैन । उनीहरू पटक-पटक गरेर दैनिक १६ देखि २० घण्टासम्म सुत्छन् । यस्तोमा उनीहरू नउठे पनि दूध खुवाउन उठाउनुपर्छ ।

    images
    images

    तर, तीन महिनाबाट उमेर बढ्दै जाँदा उनीहरूको निद्राको अवधि घट्दै जान्छ ।

    ३-४ महिना

    ३ देखि ४ महिनाका बच्चाहरूलाई  दिनमा मात्रै कम्तिमा ५ घण्टा निद्रा आवश्यक पर्छ । दिन र रात गरेर १४ देखि १७ घण्टा निदाउनुपर्छ । किनकी यो उमेरका शिशुको शारीरिक र मानसिक विकास तीव्र गतिमा निद्राको समयमा हुन्छ।यस उमेरका बच्चाहरू लामो समयसम्म सुत्छन् । दिनमा ३–४ पटक उठ्ने र ब्युँझिने गर्नु सामान्य हो। यद्यपि, दिनमा ५ घण्टाभन्दा बढी सुताउनु भने हुँदैन ।

    ५-७ महिना

    जब बच्चाहरू ५ देखि ७ महिनाका हुन्छन्, उनीहरूको दिनको निद्रा समय लगभग ४ घण्टाले घट्छ। उनीहरूलाई प्रतिदिन १२ देखि १५ घण्टा सुत्नुपर्छ ।यो उमेरमा बालबालिका बढी सक्रिय हुन्छन् । र, उनीहरूको मांसपेशी पनि बलियो हुनथाल्छ । यस समयमा तिनीहरूले आफ्नो वरिपरिका चीजहरू अवलोकन गर्ने र त्यसबाट सिक्छन्।

    यो उमेरका, बच्चाहरू बढी सतर्क हुन्छन् । उनीहरूको ध्यान आकर्षित गर्ने कुराहरूमा उत्साहित हुन्छन्। त्यसैले, दिनको समयमा उनीहरूको सुत्ने समय पनि कम हुन्छ। केही बच्चाहरूलाई अलि बढी निद्रा आवश्यक पर्न सक्छ । यो अवधिमा रातबाहेक दिनमा ४ घण्टाको निद्रा पर्याप्त हुन्छ।

    ७-९ महिना

    ७ देखि ९ महिनाको बच्चाका लागि दिनको सुत्ने समय अझ कम हुन्छ। यस उमेरका बच्चाहरू सामान्यतया दिनमा धेरै समयसम्म ब्युँझिरहन्छन् । उनीहरू रातमा सुत्ने बानी विकास गर्न थाल्छन्। यस समयमा दिनको निद्रा साढे तीन घण्टाको हुनुपर्छ। २४ घण्टामा १३ घण्टा सुते पुग्छ ।यस उमेरमा बालबालिकाको शारीरिक विकास तीव्र गतिमा हुन्छ । उनीहरू घिस्रिएर हिडँने, बस्ने गर्न थाल्छन्। त्यसैले, तिनीहरू दिनमा धेरै समयसम्म जागिरहेका हुन्छन् ।

    १०-२४ महिना

    १० देखि २४ महिनासम्मका बच्चाका लागि दिनको निद्रा २ देखि ३ घण्टाको बीचमा हुनुपर्छ। दिन र रात गरेर उनीहरू १२ घण्टा सुत्छन् ।यस उमेरमा बच्चाहरू छोटो ब्रेकमा धेरै पटक सुत्छन् । र, बढी सक्रिय हुन्छन्। यो उमेरमा उनीहरू खेलकुद, नयाँ कुरा सिक्ने र शारीरिक गतिविधिहरूमा बढी व्यस्त हुन्छन्,जसले गर्दा उनीहरूको दिउँसोको निद्रा कम हुन्छ।

    यद्यपि, उनीहरूको निद्रा रातमा बढी स्थिर हुन्छ । उनीहरू रातमा राम्रोसँग निदाउँछन्। त्यसैले, यस उमेरका बच्चाहरूका लागि दिनको २ देखि ३ घण्टाको निद्रा पर्याप्त हुन्छ,तर केही बच्चाहरू अलि बढी सुत्न सक्छन्।

    किन बच्चालाई धेरै निद्रा आवश्यक पर्छ ?

    -बच्चाहरूको मस्तिष्क तीव्र गतिमा विकास भइरहेको हुन्छ । उक्त विकास निदाएका बेला सम्भव हुन्छ ।

    -निद्राको समयमा वृद्धि (ग्रोथ) हर्मोन सक्रिय हुन्छ, जसले बच्चाको शारीरिक वृद्धि तथा मांसपेशीको विकासमा मद्दत गर्छ।

    -बच्चाहरू पर्याप्त नलिएमा उनीहरूमा चिडचिडापन, रिस र निराशाजस्ता भावनात्मक समस्याहरू अनुभव गर्न सक्छन्।

    -राम्रो निद्राले सिकाइ र सम्झने क्षमतामा सुधार ल्याउँछ।

    निद्रा पुगेन भने के हुन्छ ? 

    यदि बच्चाहरूले पर्याप्त निद्रा पाएनन् भने तिनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।

    जस्तो कि,

    -निद्रा नपुगेका बच्चाहरू दिनभर थकित महसुस गर्छन् । र, सानातिना कुरामा झर्को मान्न थाल्छन्।

    -सिकाइ क्षमतामा कमी आउन सक्छ । निद्राले मस्तिष्कलाई आराम दिने भएकाले यदि बच्चाले राम्रोसँग नसुते भने उनीहरूको ध्यान, स्मरणशक्ति, र सिकाइ क्षमतामा ह्रास आउँछ।

    -रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ। राम्रो निद्राले शरीरलाई रोगसँग लड्ने शक्ति प्रदान गर्छ। निद्रा नपुगेमा बच्चाहरू बारम्बार बिरामी पर्ने सम्भावना बढ्छ।

    -तौल वृद्धिमा समस्या आउन सक्छ। पर्याप्त निद्रा नभएमा शरीरमा हर्मोनको असन्तुलन आउँछ, जसले तौल बढ्ने वा कम हुने समस्या हुन सक्छ।

    सुत्न नमान्नुको कारण

    लामो प्रयास गर्दा पनि बच्चा सुत्न मानदैन भने यसको पछाडि विभिन्न कारणहरू हुन सक्छन् ।

    -बच्चाहरू दिनभर खेल्ने वा गतिविधिमा संलग्न भएर भुलिने हुँदा उनीहरू थकाइ महसुस नगर्न सक्छन्।

    -मोबाइल, टिभी वा अन्य इलेक्ट्रोनिक उपकरणहरूको अत्यधिक प्रयोगले उनीहरूको निद्रा प्रभावित हुन सक्छ।

    -केही बच्चाहरू अँध्यारो वा एक्लोपनको डरका कारण सुत्न डराउँछन्।

    -यदि बच्चाको सुत्ने र उठ्ने समय निश्चित छैन भने उनीहरूलाई निद्राको तालमेल मिलाउन कठिन हुन सक्छ।

    -रुचिकर गतिविधिहरूः बच्चाहरू खेलकुद, कथा सुन्ने वा परिवारसँग समय बिताउन मन पराउँछन्, जसले गर्दा सुत्ने समय ढिलाइ हुनसक्छ।

    बच्चालाई कसरी राम्रोसँग सुताउने ?

    -बच्चाहरूलाई दैनिक एउटै समयमा सुत्न लगाउने प्रयास गर्नुपर्छ।

    -बच्चाको सुत्ने कोठा शान्त, अँध्यारो, र आरामदायी हुनुपर्छ।

    -मोबाइल, टिभी, वा अन्य स्क्रिनको प्रयोग सुत्ने समयभन्दा कम्तिमा १ घण्टा अघि बन्द गर्नु उपयुक्त हुन्छ।

    -बच्चालाई सुत्नुभन्दा अघि कथा सुनाउने, हल्का संगीत बजाउने वा हल्का मसाज गर्ने जस्ता कार्यले उनीहरूलाई सजिलै निदाउन मद्दत गर्छ।

    -बच्चाहरूलाई बेलुका चिनीयुक्त वा क्याफिनयुक्त खानेकुरा नखुवाउनु राम्रो हुन्छ।

    -साँझको समयमा हल्का शारीरिक व्यायाम वा खेलकुदले बच्चालाई थकित बनाउँछ, जसले उनीहरूलाई राम्रो निद्रा लिन मद्दत गर्छ।डा. अनु दनाईबालरोग विशेषज्ञ

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend