images

२०८३ आश्विन १८ गते

images
images
images

आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट

आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौँ । एप्पलले गत हप्ता आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट जारी गरेको थियो । यो अपडेट प्रयोगकर्ताहरूका लागि निकै महत्त्वपूर्ण छ ।कम्पनीले यो अपडेटमार्फत धेरै ठूला सुरक्षा समस्याहरू समाधान गरेको छ । नवीनतम आईओएस १८.३.२ अपडेट आईफोन प्रयोगकर्ताहरूको सुरक्षालाई ध्यानमा राखेर ल्याइएको हो ।

    images
    images

    एप्पलले यो अपडेट कुनै नयाँ विशेषता वा एआई उपकरणहरू बिना नै जारी गरेको भए पनि, आईफोन प्रयोगकर्ताहरूको सुरक्षाका लागि अत्यावश्यक रहेको बताएको छ ।

    आईओएस १८.३.२ अपडेट किन आवश्यक छ?

    images
    images

    नयाँ आईओएस १८.३.२ अपडेट आईफोन एक्सएस र त्यसपछि लन्च भएका सबै आईफोन मोडेलहरूका लागि उपलब्ध छ । अपडेट जारी गर्दै कम्पनीले यो अपडेटमार्फत प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण बग फिक्स, सुरक्षा अपडेट तथा अन्य सुधारहरू उपलब्ध गराएको बताएको छ ।

    यदि कुनै प्रयोगकर्ताले विशेष रूपमा तयार गरिएको (म्यालिसियस) वेबसाइट खोलेमा, त्यो वेबपेज आईफोनको वृब कन्टेन्ट स्याण्डबक्सबाट प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी गर्न सक्ने समेत एप्पलले स्पष्ट पारेको छ । यसको अर्थ, तपाईंको फोन साइबर आक्रमणको सिकार हुन सक्थ्यो । यही जोखिमलाई पूर्ण रूपमा हटाउन एप्पल ले नयाँ अपडेट जारी गरेको हो ।

    एप्पल ले चाँडै नै आईओएस १८.४ अपडेट जारी गर्ने सम्भावना छ । केही हप्ताभित्रै यसलाई सार्वजनिक हुन सक्ने छ । कम्पनीले हालै आईओएस १८.४ बेटा ३ अपडेट उपलब्ध गराएको छ, जसले आउने नयाँ अपडेटका विशेषताहरूको जानकारी दिनेछ ।साथै, कम्पनी नयाँ अपरेटिङ सिस्टम (ओएस) मा पनि काम गरिरहेको छ । रिपोर्टहरूका अनुसार, यसपटक एप्पल का सबै उपकरणहरूको अपरेटिङ सिस्टमको इन्टरफेस एकरूप हुने सम्भावना छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend