images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • दोहोरो अंकले नेप्से बढेपनि कारोबार रकम...

दोहोरो अंकले नेप्से बढेपनि कारोबार रकम २ अर्बले घट्यो

दोहोरो अंकले नेप्से बढेपनि कारोबार रकम २ अर्बले घट्यो

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
  • काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  नेप्से ३२ अंकले बढेर दुई हजार २५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ  इन्डेक्स पनि १.५६ प्रतिशतले वृद्धि भएको छ।

    images
    images

    विहीबारको कारोबारमा आएका ३२० कम्पनीको तीन करोड ५५ लाख ९४ हजार कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। १४३ कम्पनीको  सेयर मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ।

    बढेको बजारमा बिहीबार उपकार लघुवित्त, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल आर्जन गरेका छन्। यी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता, मितेरी विकास बैंकका लगानीकर्ताको सेयर मूल्यमा ७.५६ प्रतिशतले गिरावट आएको छ। मान्डु हाइड्रोपावर ४.६८ प्रतिशतले घटेको छ।

    images
    images

    नेप्सेका १३ उपसमूहमध्ये चारवटाको सूचकमा गिरावट आएको छ भने बाँकी नौवटाको सूचकमा वृद्धि भएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend