images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • एस नामको १८१ किलोमिटरको रेन्ज भएको...

एस नामको १८१ किलोमिटरको रेन्ज भएको नयाँ इलेक्ट्रिक स्कुटर लन्च, यस्ता छन् फिचर

एस नामको १८१ किलोमिटरको रेन्ज भएको नयाँ इलेक्ट्रिक स्कुटर लन्च, यस्ता छन् फिचर

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । भारतीय बजारमा एस नामको नयाँ इलेक्ट्रिक स्कुटर लन्च भएको छ । सिम्पल वानले भर्खरै लन्च गरको सो स्कुटर फुल चार्जमा १८१ किलोमिटरको हुने बताइएको छ । सिम्पल वानले आफ्नो सेगमेन्टमा उच्चतम रेन्ज सहित आउने दाबी गरेको छ ।

    images
    images

    कम्पनीले स्कुटरमा धेरै उत्कृष्ट सुविधा प्रदान गरेको छ । यसमा ३५ लिटर अन्डरसिट स्टोरेज, ७७० एमएम सिट हाइट, ब्लुटुथ कनेक्टिभिटी, ५जी ई-सिम, वाइफाई, ७ इन्चको टचस्क्रिन ड्यासबोर्ड, टर्न बाई टर्न नेभिगेसन, ओटीए अपडेट, फाइन्ड माई भेइकल, टीपीएमएस, रिजेनेरेटिभ र पार्क असिस्ट जस्ता फिचर समावेश छ ।

    सो स्कुटरमा ३.७ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । यसलाई एक पटक चार्ज गरेपछि १८१ किलोमिटरसम्म चलाउन सकिन्छ । यसका साथै स्कुटरमा इको, राइड, ड्यास र सोनिक मोड प्रदान गरिएको छ । स्कुटरमा ८.५ किलोवाटको मोटर जडान गरिएको छ जसले स्कुटरलाई ०-४० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन २.५५ सेकेन्ड लिन्छ। यसको अधिकतम गति प्रति घण्टा १०५ किलोमिटरसम्म छ।

    images
    images

    सिम्पल वान एस इलेक्ट्रिक स्कुटर १ लाख ३९ हजार भारु एक्स-शोरूम मूल्यमा लन्च गरिएको छ । सो स्कुटरले बजारमा ओला, एथर, टीभीएस, बजाज जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend