images

२०८३ आश्विन १९ गते

images
images
images

फिल्म 'होस्टेल-३ ’ ले कति कमायो ?

फिल्म 'होस्टेल-३ ’ ले कति कमायो ?

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौँ । फिल्म 'होस्टेल’ को तेस्रो सिरिज पनि व्यावसायिकरुपमा सफलता हुने देखिएको छ ।

    images
    images

    फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको देखिएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कअनुसार फिल्मले ६ दिनमा अर्थात् बुधबारसम्म ग्रस २ करोड २० लाख कमाएको छ ।

    आज शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको ‘होस्टेल ३’ बिहीबारबाट मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा प्रदर्शनमा आएको छ । 

    images
    images

    सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ लगायतको अभिनय छ । होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा अर्जुन तिवारीको डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend