images

२०८३ आश्विन २१ गते

images
images
images

जान्नुहोस्, दैनिक १० हजार कदम हिँड्दा शरीरमा पर्ने प्रभाव

जान्नुहोस्, दैनिक १० हजार कदम हिँड्दा शरीरमा पर्ने प्रभाव

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । अहिलेका फिटनेस ट्र्याकर र स्वास्थ्य एपहरूले दैनिक १० हजार कदम हिँड्न सुझाव दिन्छन्। तर, के तपाईंले सोच्नुभएको छ यसको पछाडि वैज्ञानिक कारण छ? 

    images
    images

    १९६० को दशकमा जापानको एउटा कम्पनीले ‘म्यानपो-केई’ नामक एक पेडोमिटर (कदम गन्ने उपकरण) बनाएको थियो, जसको अर्थ नै ‘१०,००० स्टेप्स मिटर’ हो।

    अब प्रश्न उठ्छ- के वास्तवमै १० हजार कदम हिँड्नु लाभदायक छ? अनुसन्धान अनुसार धेरै हिँड्दा स्वास्थ्यमा सकारात्मक असर देखिन्छ। फिजिकल थेरापिस्ट केली स्टर्मका अनुसार, दैनिक हिँडाइको मात्रा बढाउँदा मृत्युदर घट्छ, मुटु सम्बन्धी समस्या कम हुन्छन् र मेटाबोलिजम बलियो बन्छ। यो लाभ मुख्यतः ७,५०० देखि १०,००० कदम प्रतिदिनसम्म बढी देखिएको छ।

    images
    images

    दैनिक बढी हिँड्दा निष्क्रियता घट्छ र राम्रो बानी बस्छ। अनुसन्धान अनुसार १० हजार कदम हिँड्ने लक्ष्यले मानिसलाई टिभी धेरै हेर्नु वा मोबाइलमा अनावश्यक स्क्रोलिङ गर्ने बानीबाट जोगाउन सक्छ। यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, शरीरलाई सक्रिय राख्छ र विभिन्न रोगविरुद्ध लड्ने क्षमता बढाउँछ।

    सन् २०२२ मा सर्कुलेशन पत्रिकामा प्रकाशित अध्ययन अनुसार, हप्तामा १५० देखि ३०० मिनेटसम्म मध्यमस्तरको व्यायाम गर्दा मुटु रोगका कारण मृत्यु हुने जोखिम २२ प्रतिशतदेखि ३१ प्रतिशतसम्म घट्न सक्छ। 

    त्यसैगरी, सन् २०२३ मा JAMA Oncology मा प्रकाशित एक अध्ययन अनुसार, १-२ मिनेट मात्र तीव्र गतिमा हिँड्दा पनि क्यान्सरको जोखिम कम हुन सक्छ।केही रिपोर्टहरूका अनुसार १० हजार कदम हिँड्नैपर्छ भन्ने छैन, अझ बढी हिँड्दा झन् फाइदा पुग्छ। सक्रिय जीवनशैली अपनाउँदा स्वास्थ्य राम्रो रहन्छ र आयु पनि बढ्न सक्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend