images

२०८३ आश्विन १९ गते

images
images
images

‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । अगामी चैत्र २२ गते रिलिज हुने यसवर्षको प्रतिक्षित मध्येको एक सिनेमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लेको छ। सिनेमाको १० दिन अगाडी सार्वजनिक यो गीत युट्युब ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको शिर्ष स्थानमा उक्लेको हो।

    images
    images

    यो समाचार तयार पार्दासम्म गीतलाई १२ लाख २७ हजार भ्युजसहित ४२ हजार लाईक तथा १ हजार ८ सय बढि प्रतिक्रिया मिलेको गीतलाई गायक देवेन्द्र बब्लु (दि फिरन्ते) को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ। हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ।

    सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् । सिनेमामा प्रभात र श्रीशिभान्सीसहित प्रकास सपुत, स्वस्तिमा खड्का, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।

    images
    images

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ। सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

    गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend