काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा हालै लन्च भएका टाटा कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक गरेको छ। विरगंजस्थित प्राइम मोटर्समा आयोजित कार्यक्रममा बहुप्रतीक्षित यी गाडीहरू लन्च गरिएका हुन्।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्स नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान प्रमुख अतिथि रहेका थिए।
सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापतीले भने, 'विरगंजमा टाटाका नयाँ गाडीहरू लन्च गर्न पाउँदा उत्साहित छौँ। ग्राहकहरूले नेपालको बाटो सुहाउँदो सुरक्षित टाटा गाडी आफ्नो बजेट र इच्छाअनुसार रोज्न सक्नेछन् । साथै, बिक्रिपछि सेवाका लागि सिप्रदी तत्पर रहेको छ ।'
प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले पनि टाटा मोटर्सका आधुनिक तथा प्रिमियम गाडीहरू विरगंजमा लन्च गर्न पाउँदा हर्षित भएको बताए । विशेषगरी भारतमा निकै रुचाइएको टाटा कर्भ ईभीका धेरै ग्राहक प्रतीक्षारत रहेको बताए ।




.gif)





