images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • चैत १४ गतेसम्मका लागि नेको इन्सुरेन्सको...

चैत १४ गतेसम्मका लागि नेको इन्सुरेन्सको हकप्रद सेयरमा दरखास्त दिने समय थप

चैत १४ गतेसम्मका लागि नेको इन्सुरेन्सको हकप्रद सेयरमा दरखास्त दिने समय थप

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्मका लागि थप गरेको छ ।यसअघि कम्पनीले आज फागुन २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।

    images
    images

    नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

    उक्त हकप्रद सेयरको लागि नेकोले माघ १८ गते बुक क्लोज गरेको थियो । तसर्थ, त्यसभन्दा अघिसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    images
    images

    यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend