images

२०८३ आश्विन २१ गते

images
images
images

नेपाल डिस्टिलरिज प्रालिले एकै वर्ष गर्‍यो १८२ करोडको कारोबार

नेपाल डिस्टिलरिज प्रालिले एकै वर्ष गर्‍यो १८२ करोडको कारोबार

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । खुकुरी रम नेपालमा उत्पादित लोकप्रिय मदिरा ब्राण्ड हो । मदिरा पारखीमाझ खुकुरी रमले छुट्टै पहिचान बनाएको छ ।नेपालमा मात्रै नभएर विदेशीमाझ पनि लोकप्रिय खुकुरी रमको व्यापार पछिल्लो समय भने स्थिर छ । खासगरी, जाडोको समयमा यो रम अत्याधिक खपत हुन्छ । नेपालबाट विदेशमा कोशेलीकारुपमा समेत खुकुरी रम लैजाने चलन छ ।

    images
    images

    खुकुरी रम उत्पादन गर्ने कम्पनी हो, नेपाल डिस्टिलरिज प्रालि । कम्पनीको स्वामित्व शरद टिबरेवाला र बसन्त चौधरीसँग छ । गत आर्थिक वर्ष खुकुरी रम उत्पादन गर्ने कम्पनी नेपाल डिस्टिलरिजले १ अर्ब ८२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।केही वर्षयता निरन्तर वृद्धि भइरहेको कम्पनीको व्यापारमा गत वर्ष भने केही मात्रामा घटेको देखिएको छ ।

    सन् २०२० मा नेपाल डिस्टिलरिजले १ अर्ब ११ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसपछिका वर्षमा भने कम्पनीको व्यापार निरन्तर बढ्दै गएको थियो । डिस्टिलरिजले सन् २०२१ मा १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ र २०२२ मा १ अर्ब ९० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२३ मा भने कम्पनीले १ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।युरोपदेखि अष्ट्रेलिया र अमेरिकामा समेत निर्यात हुने रम उत्पादन गर्ने कम्पनीको पछिल्लो वर्ष भने कारोबारमा केही कमी आएको छ ।

    images
    images

    अघिल्लो वर्षको स्टकहरु सबै नबिक्नु, चालु पुँजीमा वृद्धि हुनु, कम्पनीको नयाँ ब्रान्डमा ग्राहकहरुको न्यून आकर्षण लगायतका कारणले कम्पनी सञ्चालन आम्दानीसँगै कम्पनीको सञ्चालन नाफाको अनुपातमा पनि सामान्य कमी आएको छ ।सन् २०२३ मा सञ्चालन आम्दानीको २३.२ प्रतिशत सञ्चालन नाफा रहेको कम्पनीको २०२४ मा आउँदा उक्त अनुपात २१.६ प्रतिशतमा आएको हो ।

    कम्पनीको सञ्चालन नाफा ऋणको अनुपात न्यून छ । यसले कम्पनी वित्तीय रुपमा बलियो अवस्थामा छ । सञ्चालन आम्दानीको करिब २२ प्रतिशत सञ्चालन नाफा रहेको कम्पनीको ऋण भने सञ्चालन नाफामा १.५ गुणा मात्रै छ । सन् २०२४ मा सञ्चालन नाफामा १.६ प्रतिशत ऋण रहेको कम्पनीले पछिल्लो वर्षमा ऋण घटाएको हो ।नेपाल डिस्टिलरिजको नयाँ उत्पादन बजारमा ल्याउँदा त्यसको लागि चालु पुँजी बढाउँदै लगेको छ । सन् २०२२ मा सञ्चालन आम्दानीको २ प्रतिशत चालु पुँजी रहेकोमा २०२४ मा उक्त अनुपात बढेर १७.७ प्रतिशत पुगेको छ । पछिल्लो समय कम्पनीले उत्पादन गरेका केही नयाँ ब्रान्डहरुले गर्दा चालुपुँजी वृद्धि भएको हो ।

    कम्पनीले आफ्ना सबै डिलरहरुमा उत्पादन पुर्याउन तेस्रो पक्षलाई ठेक्का दिने गरेको छ । कम्पनीको सम्पूर्ण बिक्रीमा एउटा मात्रै वितरणमा निर्भरता रहेका कारण जोखिम बढ्ने रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।नेपाल डिस्टिलरिज प्रालि सन् १९६१ मा खुलेको कम्पनी हो । स्वदेशी स्प्रिट उद्योगकै पुरोनो कम्पनीले खुकुरी रम, न्युड भोड्का लगायत ब्राण्डको उत्पादन गर्छ । कम्पनीको नेपाली बजारमा मार्केट सेयर निकै उच्च रहेको छ । र, रमका लागि निकै चर्चित रहेको छ ।रेटिङ एजेन्सीका अनुसार रम बजारमा खुकुरी रमको बजार हिस्सा ८० प्रतिशत छ । विशेष गरी यो रम जाडो मौसममा बढी बिक्री हुँदै आएको छ ।

    कम्पनीले हालै मात्र १ अर्ब ५३ करोडको ऋणका लागि रेटिङ गराएको छ । जसमा दीर्घकालिन ऋणका लागि ३० करोड ५३ लाख ३१ हजारको रेडिङ गराएको छ । रेटिङ एजेन्सीले दीर्घकालिन ऋणका लागि एलए माइनस रेटिङ दिएको छ । त्यस्तै कम्पनीले अल्पकालीन ऋणका लागि ४० करोडको रेटिङ गराएको छ ।कम्पनीले नो फन्ड बेसमा ३० करोडको अल्पकालीन ऋणका लागि रेटिङ गराएको छ । कम्पनीको पछिल्लो आर्थिक वर्ष २०२४ मा व्यापारमा केही कमी आए पनि कम्पनीले बुझाउने राजस्व भने घटेको छैन ।हालसम्म कम्पनीको वित्तीय अवस्था मजबुत छ । सञ्चालन आम्दानीमा उच्च सञ्चालन नाफा र न्यून ऋणले कम्पनीको बलियो वित्तीय अवस्थालाई संकेत गर्छ ।

    कम्पनीले बजारमा ल्याएको दुई नयाँ उत्पादनले चालु पुँजीको आवश्यकता बढाएको छ । जसले गर्दा पछिल्लो दुई वर्ष ऋण केही बढ्दा सञ्चालन आम्दानीको तुलनामा सञ्चालन नाफाको अनुपात केही घटेको छ । तर, बलियो ब्रान्ड स्थिति र अर्थतन्त्रमा देखिएको शिथिलताका बीच पनि राम्रो बिक्री आम्दानीले कम्पनीलाई वित्तीय रुपमा पनि सहज बनाएको छ ।नेपाल डिस्टिलरीजको पछिल्लो समयम मुख्य व्यापार खुकरी रम ब्रान्ड (डार्क रम) मा निर्भर छ । उसले उत्पादन गर्ने न्युड भोडका, व्हिस्की र सेतो रम सेगमेन्ट उत्पादन सुरुवाती चरणमा छन् । जसले पनि कम्पनीको व्यवसाय खुकरी रममा निर्भर रहेको छ । रमको बिक्री मौसमी अथात् जाडो महिनामा माग उच्च हुन्छ । रमको सिजन बाहेकको समयमा कम्पनीको सञ्चालन आम्दानीमा अत्यधिक नकारात्मक प्रभाव पर्छ । यसलाई न्यूनीकरण गर्न कम्पनीले आफ्ना उत्पादनलाई विविधीकरण गर्न आवश्यक छ । कम्पनीको नयाँ उत्पादन सफल भएमा कम्पनीलाई थप सहज हुनेछ ।

    मदिरा नेपालमा सबैभन्दा बढी कर लगाइने वस्तुहरु मध्ये एक हो । त्यसैले मदिराको उत्पादन लागत प्रत्येक वर्ष निरन्तर बढ्दै जान्छ । लागतको निरन्तर वृद्धि र प्रतिस्पर्धीले लागत वृद्धिको भार उपभोक्तामा ट्रान्सफर गर्न कठिन हुन्छ । जसले गर्दा भविश्यमा कम्पनीको नाफामा संकुचन आउनसक्ने जोखिम छ । सरकारले मदिराको प्रचार, बिक्री र वितरणमा कुनै पनि प्रतिबन्धले कम्पनीको व्यवसाय विस्तार गर्ने रणनीतिमा असर पर्नेसक्ने जोखिम रेटिङ एजेन्सीले औंल्याएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend