images

२०८३ आश्विन २१ गते

images
images
images

आठ महिनामा जलेश्वर भन्सारबाट दुई अर्ब राजस्व संकलन

आठ महिनामा जलेश्वर भन्सारबाट दुई अर्ब राजस्व संकलन

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • जनकपुर । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व संकलन गरेको छ ।चालु आर्थिक वर्ष २०८१-८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व संकलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए । 

    images
    images

     चालु आर्थिक वर्षमा वार्षिक चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व संकलन गर्ने लक्ष्य   थियो । तर कार्यालयले सो लक्ष्यको ४७।४१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।कार्यालयकाबाट प्राप्त विवरणअनुसार चालु आवको साउनमा ९२.१६, भदौमा ८३.८७, असोजमा ८७.५४, कात्तिकमा ७४.०२, मङ्सिरमा ८३.३६, पुसमा ७५.१४, माघमा ७४.७५ र फागुनको हालसम्ममा ८०.४४ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी विकले बताए।

    जलेश्वर  भन्सार कार्यालय भिठ्ठामोड नाकाबाट आयात हुने सामग्रीमा कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान ४९.१४ प्रतिशत रहेको छ ।भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि  जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको उनले बताए।

    images
    images

    कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ ।जलेश्वर भन्सार कार्यालयबाट मुख्य आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थ, कोइला, आलु, चामल, गहुँ, दलहन, तरकारी, फलफूललगायत रहेका सूचना अधिकारी विकले बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend