images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • शेयर बजार राताम्य,नेप्से ३२ अंकले घट्दा...

शेयर बजार राताम्य,नेप्से ३२ अंकले घट्दा ८ अर्ब ३९ करोडको कारोबार

शेयर बजार राताम्य,नेप्से ३२ अंकले घट्दा ८ अर्ब ३९ करोडको कारोबार

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं ।  शेयर बजार लगातार ८ दिन देखि राताम्य छ । बजार निरन्तर घट्नेक्रममा दैनिक उच्च अंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटिरहेको छ ।

    images
    images

    आज नेप्से ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा पुगेको छ । नेप्से १.१७ प्रतिशतले घट्दा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर कारोबार भएको छ । 

    आज ३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । यस्तै ३०३ वटा कम्पनी कारोबारमा आउँदा ९२ हजार ३१ पटक शेयर किनबेच भएको छ ।

    images
    images

    आज १३ वटा समूहमध्ये विकास बैंक समूह बाहेक अन्य सबै समूह राताम्य छ । विकास बैंक समूह भने १.९३ प्रतिशतले बढेर ५ हजार ८७९.३१ विन्दुमा पुगेको छ । 

    सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २.४९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१० प्रतिशतले घटेको छ । .

    त्यस्तै, विकास बैंक समूह ०.७१ प्रतिशतले, फाइनान्स १.५७ प्रतिशतले, होटल तथा पर्यटन १.१३ प्रतिशतले, हाइड्रोपावर १.५१ प्रतिशतले, लगानी १.८९ प्रतिशतले, जीवन बीमा १.३० प्रतिशतले, लघुवित्त ०.८९ प्रतिशतले, निर्जीवन बीमा ०.९९ प्रतिशतले, अन्य समूह १.६८ प्रतिशतले र ट्रेडिङ समूह १.७९ प्रतिशतले घटेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend