images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • सांसद खतिवडाको ओखलढुंगा मिसन अस्पतालको बिमा...

सांसद खतिवडाको ओखलढुंगा मिसन अस्पतालको बिमा रकम तत्काल पठाउन माग

सांसद खतिवडाको ओखलढुंगा मिसन अस्पतालको बिमा रकम तत्काल पठाउन माग

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । सांसद रामहरि खतिवडाले ओखलढुंगाको मिसन अस्पतालको बिमा रकम तत्काल पठाउन सरकारको ध्यानाकर्षण गरेका छन् । बिमा रकम समयमा नपुग्दा बिरामीले उपचार नपाउने र डाक्टरले तलबभत्ता नपाउने अवस्था आएको भन्दै तत्काल रकम पठाउन खतिवडाले ध्यानाकर्षण गराएका हुन् । 

    images
    images

    “ओखलढुंगा मिसन हस्पिटलमा बिमाको रकम समयमा नपुग्नाले त्यहाँ बिरामीले उपचारबाट वञ्चित हुनुपरेको छ । डाक्टरले तलब पाएका छैनन् र औषधिको अभाव भएकाले छिटोभन्दा छिटो त्यहाँ बिमाको रकम पठाउने व्यवस्था होस्,” खतिवडाले मंगलबारको संसद् बैठकमा भने, “केवल बोल्ने काम गर्ने, तर पूरा गर्ने काम नगर्नाले जनतामा निराशा पैदा हुन्छ । त्यसको अन्त्य होेस् ।”

    खतिवडाले ओखलढुंगालगायत जिल्लाका स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरणको काम आरम्भ गरेकोमा सरकारलाई धन्यवाद दिए । “हामीले राष्ट्रिय परिचयपत्र स्थानीय तहमै गएर वितरण गर्छौं भनेका थियौँ । सरकार त्यहाँ पुगेछ धन्यवाद,” खतिवडाले भने ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend