images

२०८३ आश्विन १९ गते

images
images
images

विराज भट्टले ‘१२ गाउँ २’ रोकेर साइन गरे ‘राम नाम सत्य’

विराज भट्टले ‘१२ गाउँ २’ रोकेर साइन गरे ‘राम नाम सत्य’

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । चलचित्र ‘१२ गाउँ २’ बनाउन लागेको चर्चाबिच नायक विराज भट्टले अर्को एक फिल्म साइन गरेका छन् । विराजले चलचित्र ‘१२ गाउँ २’को काम तत्कालका लागि पछि सार्दै नयाँ चलचित्र ‘राम नाम सत्य’ साइन गरेका हुन् ।

    images
    images

    चलचित्रका निर्देशक माइकल चन्द र नायक विराज भट्टबीच सोमबार कागजी सम्झौता भएको हो । १२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एक पटक चुलिएको छ । उनलाई अन्य ब्रान्डका चलचित्रबाट अफर आउन थालेको छ । यसै बिच, विराजले होम प्रोडक्सनको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गरेका हुन।

    म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । चलचित्रमा कथा पनि उनको नै छ । चलचित्रको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ ।

    images
    images

    चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, र उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल चलचित्रका कार्यकारी निर्माता हुन् ।

    चलचित्रलाई एक्सन, लभ स्टोरी र कमेडीको जनरामा निर्माण गरिनेछ । चलचित्रका लागि अन्य कलाकार एकपछि अर्को रूपमा जानकारी दिँदै जाने योजना निर्माण पक्षको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend