images

२०८३ आश्विन १६ गते

images
images
images

बैंकहरुको सात महिनामा सेयर धितो कर्जा ३९.८४ प्रतिशतले बढ्यो, कुनले कति दिए ?

बैंकहरुको सात महिनामा सेयर धितो कर्जा ३९.८४ प्रतिशतले बढ्यो, कुनले कति दिए ?

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१\०८२ को पहिलो ७ महिना (साउनदेखि माघसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको सेयर धितो कर्जामा ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ लगानी भएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०।०८१ को सोही अवधिको तुलनामा शेयर धितो कर्जा ३९.८४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूबाट ६६ अर्ब ५९ लाख ४३ हजार रुपैयाँ शेयर धितो कर्जामा लगानी भएको थियो ।

    images
    images

    यसअवधिमा  १७ बैंकहरूले सेयर कर्जामा लगानी बढाएका छन् भने २ बैंकले घटाएका छन् । नेपाल एसबिआई बैंकले यो अवधिमा १९५५ प्रतिशतले सेयर धितो कर्जाको लगानी विस्तार गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एसबिआई बैंकको सेयर कर्जा लगानी ४७ करोड २६ लाख रुपैयाँ पुगेको छ । 

    त्यसैगरी, माछापुच्छे बैंकले १९२ प्रतिशतले सेयर कर्जा लगानी बृद्धि गर्दै १ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने कुमारी बैंकले १०८ प्रतिशतले बढाएर ८ अर्ब ६४ करोड २० लाख रुपैयाँको लगानी गरेको छ। सिद्धार्थ बैंकले ७७ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ र एनएमबि बैंकले ७१ प्रतिशतको वृद्धि गर्दै १ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ।

    images
    images

    माघ मसान्तसम्ममा सबैभन्दा ठूलो कर्जा लगानी भने नबिल बैंकले गरेको छ ।नबिल बैंकले यसअवधिमा १२ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको तुलनामा नबिलले मार्जिन प्रकृतिक कर्जामा १०।७० प्रतिशतको वृद्धि गरेको छ।  गत वर्षको सोही अवधिमा बैंकले सेयर धितो कर्जामा ११ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको थियो ।ग्लोबल आइएमई बैंकले ११ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ र बैंकले सेयर धितो कर्जाको लगानी ७५।७२ प्रतिशतले वृद्धि गरेको जनाएको छ।

    अर्कोतर्फ, नेपाल बैंकले ६१ प्रतिशतले वृद्धि गर्दै ७ अर्ब ७२ करोड रुपैयाँ, प्राइम बैंकले ५६ प्रतिशतले वृद्धि गर्दै ६ अर्ब ५५ करोड रुपैयाँ र सिटिजन्स बैंकले ४२ प्रतिशतले वृद्धि गर्दै ६ अर्ब १५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ५१ करोड, प्रभु बैंककको २९ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ३२ करोड,लक्ष्मी सनराइज बैंकको २४ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब १० करोड सेयर धितो कर्जामा रुपैयाँ लगानी गरेका छन्।

    साथै, यसअवधिमा एनआईसि एशिया बैंकको ४३ प्रतिशत र हिमालयन बैंकको २० प्रतिशतले सेयर धितोकर्जा घटेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend