images

२०८३ आश्विन २९ गते

images
images
images

सिद्धार्थ केबलकार हकप्रद सेयर निष्काशन गर्दै

सिद्धार्थ केबलकार हकप्रद सेयर निष्काशन गर्दै

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । सिद्धार्थ केबलकार लिमिटेडले १ः१.७५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ।  कम्पनीले प्रति कित्ता रु.५० का दरले सेयर जारी गर्न लागेको हो।

    images
    images

    कम्पनीका अनुसार, फागुन २२ गतेसम्म कायम संस्थापक सेयरधनीहरूले मात्रै हकप्रदका लागि आवेदन दिन पाउने छन्। आवेदन चैत २० देखि २४ गतेसम्म खुला रहनेछ।

    साबिकमा प्रति कित्ता रु १०० का दरले १,००० कित्ता सेयर रहेका सेयरधनीहरूको सेयरलाई रु ५० कायम गर्दै २,००० कित्तामा रूपान्तरण गरिएको छ। यसअनुसार, पहिले १,००० कित्ता सेयर भएकाले हकप्रदमा ३,५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    images
    images

    हकप्रदका लागि बुटवलस्थित कम्पनीको कार्यालयमा दरखास्त दिनुपर्ने कम्पनीले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend