images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • भोलिदेखि ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ ...

भोलिदेखि ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ खुल्दै

भोलिदेखि ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ खुल्दै

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भोली फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ जारी गरेको थियो र अब दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

    images
    images

    लगानीकर्ताले आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले चैत ३ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सेयर बिक्री नभएमा निष्काशन अवधि चैत १२ गतेसम्म थप गरिनेछ।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले रहेको छ।आइपीओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा ‘मेरो सेयर’ सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गर्न सकिनेछ। 

    images
    images

    कम्पनीले केयर रेटिंङ नेपालबाट केयर–एनपी बीबी माइनस (डबल बी माइनस) रेटिंङ प्राप्त गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend