काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि बिक्रीमा ल्याएको सामूहिक लगानी कोष (म्यूचुअल फण्ड) को ईकाईका लागि आवेदन दिने म्याद थप भएको छ। म्याद थप भएसँगै उक्त इकाईका खरिद गर्नका लागि चैत ७ गतेसम्म आवेदन दिन सकिने छ । यस अघि फागुन २६ गते अन्तिम मिति तोकिएको थियो ।
क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउएको हो। जसको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ रहेको छ । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्ड बन्दमुखी प्रकृतिको योजना हो। उक्त योजनाको अवधि १२ वर्ष रहने छ ।
कुल निष्काशन इकाईको १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापकलाई छुट्याईएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको हो। उक्त इकाईमा न्यूनतम् १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने क्यापिटलले जानकारी दिएको छ।फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ।




.gif)





