images

२०८३ आश्विन २१ गते

images
images
images

डिस मिडिया नेटवर्कको एक वर्षको आम्दानी ५ अर्ब बढी

डिस मिडिया नेटवर्कको एक वर्षको आम्दानी ५ अर्ब बढी

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पर्खिरहेको डिस मिडिया नेटवर्क (डिसहोम) को वार्षिक आम्दानी बढ्दो छ । कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार डिसहोमले आर्थिक वर्ष २०२४ मा५ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

    images
    images

    यो सन् २०२३ को भन्दा १.१३ प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले ५ अर्ब ११ करोड ६० लाख र सन् २०२२ मा ४ अर्ब ८३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१०मा डाइरेक्ट टू होम (डीटीएच) सेवा प्रदायक स्याट्यालाइट च्यानल र डिस मिडिया नेटवर्क मर्ज भई डिस मिडिया नेटवर्क बनेको हो । र, सन् २०१७ जुलाई २ मा पब्लिक कम्पनीमा परिणत भएको हो ।

    डिसहोमले १० अर्ब रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । कर्जाको लागि केयर रेटिङले क्रमशः 'केयर एनपी डबल बी प्लस' र 'केयर एनपी एफोर प्लस' रेटि दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर आइपीओ निष्काशन गर्दै छ । जसको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend