images

२०८३ आश्विन २० गते

images
images
images

बजारमा स्ट्रबेरीको मूल्य घट्यो

बजारमा स्ट्रबेरीको मूल्य घट्यो

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

    images
    images

    आइतबार कालीमाटी बजारमा स्ट्रबेरी प्रतिथोक मूल्य एक सय ८० देखि दुई सय रूपैयाँमा बिक्री भइरहेको छ। एक साताअघि कालीमाटी बजारमा स्ट्रबेरी तीन सय ५० देखि चार सय रूपैयाँमा बिक्री भइरहेको थियो। 

    आपूर्ति बढेसँगै स्ट्रबेरीको मूल्य घटेको स्ट्रबेरी व्यवसायी शिव गिरिले जानकारी दिए। 'अहिले उत्पादन बढी छ। होटलहरूमा खासै खपत छैन,' उनले भने, 'त्यसैले बजारमा मूल्य घटेको हो।' 

    images
    images

    उनका अनुसार स्ट्रबेरी नेपाली उत्पादन हो। यो बाहिरबाट आउँदैन। विशेषगरी ककनीमा स्ट्रबेरी खेती बढी हुन्छ। सोही क्षेत्रबाट बजारमा स्ट्रबेरी आउँछ।स्ट्रबेरी बजारमा मंसिरको १५ बाट आउन सुरू गर्छ। त्यसपछि वैशाखसम्म आउँछ। सुरूआति चरणमा केही महँगो भएपनि पछि विस्तारै उत्पादन बढेसँगै मूल्य घट्दै जान्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend