images

२०८३ आश्विन २१ गते

images
images
images

आठ महिनामा रु एक करोड भन्दा बढी राजस्व सङ्कलनः डिभिजन वन कार्यालय जुम्ला

आठ महिनामा रु एक करोड भन्दा बढी राजस्व सङ्कलनः डिभिजन वन कार्यालय जुम्ला

images
images
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • काठमाडौँः डिभिजन वन कार्यालय जुम्लाद्वारा चालु आर्थिक वर्षको  ८ महिनामा रु एक करोड २० लाख राजस्व सङ्कलन गरेको छ । 

    images
    images

    गत वर्ष यही अवधिमा खासै राजस्व सङ्कलन हुनसकेकामा यस वर्ष भने उक्त परिमाणमा राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाले जानकारी दिनुभयो । 

    उहाँले वन पैदावर र जडीबुटीको संरक्षणबाट यस वर्ष राम्रो आम्दानी गर्न सकिएको बताउनु भयो । “गत वर्ष वन व्यवस्थापन पञ्चवर्षीय कार्ययोजना बनाउन नसकेकाले राजस्व सङ्कलन हुनसकेको थिएन । यसपटक कार्य योजना निर्माणका साथै विभिन्न जडीबुटी र वन पैदावरको संरक्षण तथा कर्मचारीको सक्रियताका कारा सन्तोषजनक रूपमा राजस्व सङ्कलन भएको छ”, बुढ्थापाले भन्नुभयो । 

    images
    images

    कार्यालयले पछिल्लो समय वनको संरक्षण तथा विकास, पर्यटन पूर्वाधार, पार्क निर्माण, पदमार्ग, मठ मन्दिर लगायत पूर्वाधार निर्माण, जडीबुटी प्रशोधन तथा प्रवर्द्धनका क्षेत्रमा विशेष महत्वका साथ काम गरिएको छ ।

    यस अवधिमा यहाँ पाँच हेक्टर वन क्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ  । जिल्लाका ८ स्थानीय तहमा रहेका ४६ वनको नयाँ कार्य योजना बनाइएर काम भइरहेको छ । कार्यालयका अनुसार यहाँ दुई सय छ सामुदायिक, एक सय २७ कबुलियती, छ वटा निजी वन रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend