images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • विन नेपाल लघुवित्तले माग्यो विभिन्न पदमा...

विन नेपाल लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

विन नेपाल लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं ।  विन नेपाल लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।कम्पनीले कर्जा विभाग अधिकृत, सुपरभाइजर (सूचना प्रविधि विभाग), शाखा प्रबन्धक, सहायक र कनिष्ट सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको हो।

    images
    images

    कर्जा विभाग अधिकृतमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा काम गरेको दुई वर्षको अनुभव भएको हुनु पर्नेछ।

    सुपरभाइजर (सूचना प्रविधि विभाग) मा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट आइटी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १ वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ।

    images
    images

    शाखा प्रबन्धक पदमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा काम गरेको दुई वर्षको अनुभव भएको हुनु पर्नेछ।यस्तै, सहायकले प्रविणता प्रमाणपत्र तह र कनिष्ट सहायक प्रशिक्षार्थीले एसएलसी वा एसइई उत्तीर्ण गरेको हुनुपर्नेछ।

    अधिकृत तहको लागि उमेर हद २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक तहको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। इच्छुकले चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

    wean-nepal-1741327599.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend