images

२०८३ आश्विन २१ गते

images
images
images

मधानी महोत्सवको खर्च विवरण सार्वजनिक: १० करोडको आर्थिक कारोबार, खर्च ६६ लाख २३ हजार

मधानी महोत्सवको खर्च विवरण सार्वजनिक: १० करोडको आर्थिक कारोबार, खर्च ६६ लाख २३ हजार

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • रौतहट ।रौतहटको मौलापुरम भएको छैटौँ मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको छ । हालै सम्पन्न  मधानी महोत्सवको समग्र समीक्षा, खर्च विवरण सार्वजनिक र अगामी  योजनाहरूबारे छलफल भएको हो ।मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले महोत्सवको व्यवस्थापनमा  ६६ लाख २३ हजार ३ सय रुपैयाँ खर्च भएको बताइन् । १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको तथा नगरबासी व्यापारीहरूले दुई करोड भन्दा बढीको मुनाफा आर्जन गरेको प्रस्तुत विवरणमा उल्लेख छ । महोत्सव अवधिभर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको उनले जानकारी दिइन् । महा शिवरात्रीको अवसर पारेर फाल्गुन  ११ गतेदेखि १५ गतेसम्म पाँच दिन  मधानी महोत्सव भएको थियो ।

    images
    images

    मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय रामबाबु साहले मधानी महोत्सवले मौलापुर नगरपालिकालाई चिनाउने काम गरेको बताए । मौलापुर नगरपालिका तथा पतौरा धामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व थप उचाइमा पुगेको उनको भनाइ छ ।आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा महोत्सवको खर्च सार्वजनिक गरिएको हो । सो कार्यक्रममा बोल्दै उनले मधानी महोत्सवले स्थानीय पर्यटन, धार्मिक पहिचान, सामाजिक एकता तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

    मौलापुरलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्ने सम्भावना अझ बलियो बनाएको उनको भनाइ छ । उनले  महोत्सवको सम्बन्धमा समाजिक सञ्जालमा फिँजाइएका भ्रम र यथार्थ बारे तथ्याङ्कसहित विश्लेषणात्मक टिप्पणी गरेका थिए  ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend