images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपालमा सार्वजनिक हुन लागेको ‘दिपल एस०५’...

नेपालमा सार्वजनिक हुन लागेको ‘दिपल एस०५’ ले जित्यो ‘आईएफ डिजाइन अवार्ड’

नेपालमा सार्वजनिक हुन लागेको ‘दिपल एस०५’ ले जित्यो ‘आईएफ डिजाइन अवार्ड’

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । केही समयपछि नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी ‘दिपल एस०५’ ले प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ जितेको छ ।दिपल एस०५ को इनोभेटिभ डिजाइन, कटिङ एज प्रविधि र दीर्घकालीनता प्रतिको प्रतिबद्धता मूल्यांकन गर्दै अटोमोबाइल सेग्मेन्टमा आईएफ डिजाइन अवार्डले सम्मान गरेको हो ।

    images
    images

    दिपलको लोकप्रिय मोडेल एस०७ को सिब्लिङ एस०५ मा फ्युचरिस्टिक एस्थेटिक्स र अत्याधुनिक प्रविधि सम्मीश्रण छ । यसमा नयाँ ककपिट इन्टरेक्सन सिस्टम, स्लिक डिजाइन र उत्तरआधुनिक फिचर छन्, जसले ड्राइभिङ अनुभवलाई पुनर्परिभाषित गर्ने छ । स्टाइल, इन्टिलिजेन्स र इकोफ्रेन्ड्लीनेसलाई एस०५ ले नयाँ मापदण्ड स्थापित गर्ने छ ।

    ‘इनोभेटिभ इन्टरेक्टिभ एक्सपिरियन्सले कारण दिपल एस०५ लाई अरूभन्दा उत्कृष्ट बनाएको छ । यसमा पावर सिस्टममा जोडिएको सेग्मेन्ट फस्ट अनबोर्ड पीटीजी क्यामेरा र डीएलपी प्रोजेक्सन हेडलाइट छ । यस्ता फिचरले एस०५ लाई इन्टिलिजेन्ट, इफिसेन्ट बनाएको छ,’ आईएफ डिजाइन अवार्डले आफ्नो वेबसाइटमा लेखेको छ ।यो वर्ष आईएफ अवार्डका लागि ६६ देशबाट ११ हजार आवेदन आएका थिए । जर्मनीको ह्यामबर्गमा आयोजना भएको यो अवार्ड समारोहमा २३ देशकाका १ सय ३१ जुरीले मूल्यांकन गरेर विजेता घोषणा गरेको हो ।

    images
    images

    पाँच महिनाअघि ग्लोबल लन्च गरिएको दिपल एस०५ ले चिनियाँ अटो बजारमा अहिले राम्रो चर्चा कमाइरहेको छ । केही सातामा थाइल्यान्डमा सार्वजनिक गरिने एस०५ अर्को महिना नेपाल ल्याउने तयारी एमएडब्लू वृद्धिले गरिरहेको छ ।दिपलले डिजाइन र टेक्नोलोजीलाई प्राथमिकतामा राख्दै आएको छ । उसले हरेक वर्ष आफ्नो आम्दानीको १० प्रतिशत टेक्नोलोजिकल रिसर्च र डेभलपमेन्टमा खर्च गर्ने गरेको छ ।आउँदो तीन वर्षमा दिपलले विश्वभरि ९ नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको छ । हालसम्ममा दिपल चीनबाहेक दक्षिणपूर्वी एसिया, मध्य र दक्षिण अमेरिका, मध्यपूर्व, अफ्रिका र अस्ट्रेलियामा विस्तार भइसकेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend