images

२०८३ आश्विन २१ गते

images
images
images

सात महिनामा एउटै वडाबाट डेढ करोडको खसीबोका बिक्री

सात महिनामा एउटै वडाबाट डेढ करोडको खसीबोका बिक्री

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • रामपुर (पाल्पा) । चालु आर्थिक वर्षको सात महिनामा पाल्पामा एउटै वडाबाट डेढ करोड रुपियाँ बढीको खसी तथा बोका बिक्री भएका छन् । गत साउनदेखि माघ मसान्तसम्ममा निस्दी गाउँपालिका –५, गल्धाका कृषकले एक करोड ६१ लाख ६४ हजार ३ सय ४९ रुपियाँ बराबरको खसी बोका बिक्री गरेका हुन् । 

    images
    images

    वडामा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले कृषकमार्फत जिउँदो खसी तथा बोका सङ्कलन गरी बिक्री गर्दैआएको छ । माघ मसान्त सम्ममा वडा ५ बाट ३३ हजार ४२२ केजी तौल बराबरको एक हजार ११९ वटा जिउँदो खसी तथा बोका बिक्री भएको सहकारीका व्यवस्थापक डिलमायाँ सारुले जानकारी दिनुभयो । 

    सहकारीले कृषकहरुसँग एक करोड ६१ लाख ६४ हजार ३४९ रुपियाँमा खसी बोका खरिद गरी सहकारीले एक करोड ६४ लाख ९८ हजार ५६९ रुपियाँमा बिक्री गरेको उहाँले बताउनुभयो । सहकारीले गत आर्थिक वर्षमा ४६ हजार २ सय ७९ केजी तौल बराबरको जिउँदो खसीबोका दुई करोड २७ लाख ८७ हजार ७४३ मा खरिद गरी दुई करोड ३२ लाख ५० हजार ५३८ मा विक्री गरेको थियो । 

    images
    images

    चाडपर्वमा मात्र नभई सहकारीले पाँचवटा सङ्कलन केन्द्रमार्फत नियमित रुपमा खसीबोका सङ्कलन गरी बजारीकरणको व्यवस्थापन गर्दैआएको छ । खसीबोका सङ्कलन गरी पोखरा, बुटवल, तानसेन र रामपुरलगायतका स्थान विक्री गर्दैआएको सहकारीका अध्यक्ष अममायाँ मश्राङ्गीले बताउनुभयो । सहकारीले तौल अनुसारको मूल्य निर्धारण गरेर खरिदगरी बजारको सुनिश्चित गरेकाले बाख्रापालनमा कृषकहरु उत्साहित भएको उहाँले बताउनुभयो । 

    सहकारीमा आबद्ध ५३३ शेयर सदस्यमध्ये ४५६ जना दिदीबहिनी बाख्रापालनमा सक्रिय छन् । तौलअनुसारको मूल्य पाइने भएकाले उत्पादन भएको खसीबोका सहकारीमार्फत बिक्री गर्दैआएको बहपुरका कृषक उर्मिला सुनारीले बताउनुभयो । खसी बोका विक्रीबाट वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आएकाे सुनारीले बताउनुभयो । सहकारीले तौलअनुसार प्रतिकेजी ३९० देखि ५६० मूल्यमा खरिद गर्दैआएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend