images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • बीमा अभिकर्ताले पाउने कमिसनको दर परिमार्जन,...

बीमा अभिकर्ताले पाउने कमिसनको दर परिमार्जन, अब कति पाउँछन् ?

बीमा अभिकर्ताले पाउने कमिसनको दर परिमार्जन, अब कति पाउँछन् ?

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ । बीमा अभिकर्ताले बीमा गराए वापत पाउदै आएको कमिसनको दर परिमार्जन भएको छ । सरकारले स्वीकृत गरेको बीमा नियमावलीले साबिक बीमा ऐन २०४९ ले गरेको दर प्रतिस्थापन गर्दै नयाँ दर लागु गरेको हो ।

    images
    images

    नयाँ नियमावली अनुसार २० वर्ष वा सोभन्दा धेरै अवधिको सावधिक तथा आजीवन जीवन बीमामा पहिलो र दोस्रो वर्ष २५/२५ प्रतिशत र तेस्रो वर्षदेखि दसौँ वर्षसम्म ५/५ प्रतिशतका दरले कमिसन पाउनसक्ने व्यवस्था गरिएको छ ।त्यस्तै, १५ देखि १९ वर्ष अवधिको बीमाका लागि पहिलो वर्ष २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र तेस्रो वर्षदेखि १० वर्षसम्मका लागि ५/५ प्रतिशतको दर कायम गरिएको छ । यसअघिको नियमावलीमा पनि यही दर कायम थियो ।

    त्यस्तै, १० देखि १४ वर्ष अवधिको बीमा लेखका लागि पहिलो र दोस्रो वर्ष १५/१५ प्रतिशत र तेस्रो वर्षदेखि ५ प्रतिशतका दरले दश वर्षसम्म कमिसन पाउने व्यवस्था गरिएको छ । यो अवधिको बीमा लेखमा यसअघि पनि यस्तै व्यवस्था थियो ।यस अनुसार ८ देखि ९ वर्षसम्मको बीमा लेखका लागि पहिलो र दोस्रो वर्ष १०/१० प्रतिशत र तेस्रो वर्षदेखि अवधि नसकिएसम्मका लागि ५ प्रतिशतका दरले कमिसनको व्यवस्था गरिएको छ ।

    images
    images

    त्यसबाहके ५ देखि ७ वर्ष अवधिको बीमा लागि पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्षदेखि अवधि नसकिएसम्म ५ प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको छ ।एकल बीमा शुल्कका हकमा बीमा शुल्कको ६ प्रतिशतसम्म, म्यादी जीवन बीमाका हकमा बीमा शुल्कको १० प्रतिशतसम्म र अन्य बीमाका हकमा प्राधिकरणले तोके बमोजिमको कमिसन दर लागु हुने उल्लेख गरिएको छ ।यसअघि सावधिक र आजीवन जीवन बीमाका हकमा छुट्टाछुट्टै कमिसन दर निर्धारण गरिएको थियो । त्यस्तै, प्रत्येक प्रकारको बीमा लेखका लागि नाफामा सरिक हुने र नहुनेका हकमा छुट्टाछुट्टै दर कायम गरिएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend