images

२०८३ आश्विन १९ गते

images
images
images

पर्यटकलाई नम्र र मिठासपूर्ण व्यवहार गर्न अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

पर्यटकलाई नम्र र मिठासपूर्ण व्यवहार गर्न अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • भैरहवा ।  गृहमन्त्री रमेश लेखकले पर्यटकलाई नम्र र मिठासपूर्ण व्यवहार गर्न अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन दिएका छन्। मंगलबार  रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालयको भवन समुद्घाटन गर्दै उनले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताएका हुन्। 

    images
    images

    मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको जनाउँदै उनले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिए। ‘पछिल्ला दिनमा सबै ठाउँबाट पर्यटक आगमन राम्रो छ। यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भाना छ। हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं’, उनले भने, ‘हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो। पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउँछ।’गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताए। 

    ‘अध्यागमन भनेको मुलुकको ऐना हो’, उनले भने, ‘कर्मचारीहरुले सेवा दिँदा सभ्यता र विनम्रता पूर्वक ढंगले दिनुपर्छ। कहिलेकाही पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् तर यस्तोबला हाम्रो व्यवहार विनम्रता पूर्वक प्रस्तुत हुनुपर्छ। सेवाको भावनाले काम गर्नुपर्छ। कुनै पनि कर्मचारीले रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्न हुँदैन। यस्तो छुट कसैलाई पनि छैन।’

    images
    images

    उनले कार्यालयहरूमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एकजनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्नसक्ने जनाए। उनले नेपालीहरु संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका मान्छे भएको जनाउँदै अध्यागमनमा जस्तो व्यहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताए। 

    गृहमन्त्री लेखकले वर्तमान सरकार बनेको आठ महिना हुन लागेको र सरकारले समृद्धिलाई पछ्याइरहेको जनाए। ‘यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, लगानी र व्यवसायीमैत्री वातावरण बनाउने काम गरिरहेको छ’, उनले भने, ‘परिणाम तत्काल नदेखिए पनि विस्तारै यसको रिजल्ट आउँछ।’ सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री लेखकको भनाई छ।यता, सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले सीमा क्षेत्रको सडक लामो समय नबन्दा धुलोले स्थानीय र पर्यटकलाई हैरानी भएको बताए। उनले गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा चल्दा र लुम्बिनीको विकास हुँदा यसले पुरै देशको विकासमा प्रभाव पार्नसक्ने बताए।

    भ्याटसहित १० करोड २५ लाख लागतमा कार्यालय भवन निर्माण गरिएको हो। भवन बेसमेन्टसहित ६ तल्लाको छ। अपांगमैत्री र भूकम्प प्रतिरोधी रहेको यो कार्यालय भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ। यहाँबाट विदेशी नागरिकलाई आगमन, प्रवेषाज्ञा, पर्यटक भिसा जारी र नविकरण गर्ने, एनआरएन भिषा जारी र नवीकरण लगायतका काम हुँदै आएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend