images

२०८३ कार्तिक २ गते

images
images
images
  • समाचार
  • थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य...

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाईन मर्मतकार्य सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाईन मर्मत कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इञ्जिनियर प्रकाश बरालले जानकारी दिए ।

    images
    images

    उनले भने, “आज बिहान थापाथलीमा मेलम्चीको फुटेको पाइप मर्मतका लागि हाम्रो टोली खटिएको छ । आज मर्मत कार्य सकेर आजै पानी वितरण सुचारु गर्ने तयारीमा छौँ ।”खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो सो विषयमा पत्ता लगाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिएका छन् । 
    “के कारणले पाइप फुटेको हो । त्यसको एकिन कारण पत्ता लगाउन छानविन गरी अब उपरान्त यस्ता घटना दोहरिन नदिनुहोला,” मन्त्री यादवले भने ।

    बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडक समेत अवरुद्ध भएको थियो । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलहरुमा पसेको थियो ।

    images
    images

    यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend