images

२०८३ आश्विन २१ गते

images
images
images

विराटनगरमा भन्सार पास भएको भन्दा बढी ४५ लाखको सामान नियन्त्रणमा

विराटनगरमा भन्सार पास भएको भन्दा बढी ४५ लाखको सामान नियन्त्रणमा

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • विराटनगर। भन्सारमा पास गरेको भन्दा बढी परिमाणमा ल्याइएको सामान प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१८ स्थित आइसीपी रोडबाट युपी८७ ९१८१ नम्बरको भारतीय ट्रकसहित सामान नियन्त्रणमा लिइएको हो।

    images
    images

    उक्त ट्रकमा भन्सारबाट पास गरिएको भन्दा बढी मूल्यका सामानहरु रहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार करिब ४५ लाख रुपैयाँ बराबरको विद्युतीय, फुड सप्लिमेन्ट्री, शृंगारका सामान, मेडिकल उपकरण जस्ता वस्तु रहेको थियो।

    images
    images

    ट्रक चालक भारतीय नागरिक ३५ वर्षीय मोहमद अस्लामलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी जोशीका अनुसार चालक र ट्रकसहित सामान सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।

    प्रहरी स्रोतका अनुसार भन्सारका कर्मचारीको मिलेमतोमा कम सामान देखाएर पास गरी विराटनगरतिर पठाइएको थियो। सोही सूचना प्रहरीसम्म पुगेपछि निगरानी गरिएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend