images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • आजदेखि पियोर इनर्जीको पहिलो चरणको...

आजदेखि पियोर इनर्जीको पहिलो चरणको आईपीओमा आवेदन दिन सकिने

आजदेखि पियोर इनर्जीको पहिलो चरणको आईपीओमा आवेदन दिन सकिने

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं ।  पियोर इनर्जी लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो।कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याएको छ।

    images
    images

    यस्तै, जारी पूँजीको १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिन सकिन्छ। आयोजनाका प्रभावित स्थानीय बासिन्दाले अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ७ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन्।

    स्थानीय बासिन्दाका लागि निष्काशन बन्द हुने मिति छिटोमा चैत ५ गते र ढिलोमा चैत २० गते तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेभित्र आवेदन दिनुपर्नेछ।आयोजनास्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा, लक्ष्मी सनराइज बैंकका कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकका खजुरा, न्युरोड नेपालगञ्ज र वि।पी। चोक शाखा, कुमारी बैंकका चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज तथा रिमझिम बजार शाखाबाट आवेदन दिन सक्नेछन्।

    images
    images

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend