काठमाडौँ । फागुन २६ र २७ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६ औँ राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले आउँदो २६ र २७ गते काठमाडौँको कमलादीमा १६ औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको हो ।पत्रकार सम्मेलनका क्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिए ।उनले सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पनि सहभागी हुने बताए ।
उनले महाधिवेशनमा शुभेच्छुक संस्थाहरू,विदेशी, शुभेच्छुकहरू पनि सहभागी हुने बताए । उनले यसपटक डिजिटल माध्यमबाट दर्ता प्रणाली सम्पन्न गरेको र १ हजार ५ सय ४ जना प्रतिनिधिहरू सहभागी हुने जानकारी दिए । ४० जना पर्यवेक्षकहरू रहेको र केही पर्यवेक्षण गर्न माग गरिएको बताए ।अध्यक्ष ढुंगानाले सबै गरी २ हजार बढी प्रतिनिधि सहभागी हुने र महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए ।




.gif)





