images

२०८३ आश्विन १९ गते

images
images
images

टरिगाउँ विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन

टरिगाउँ विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • तुलसीपुरः दाङ,संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।

    images
    images

    साथै मन्त्रालयले थप ९९ करोड रुपैयाँ बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेकोे जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिए । विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाज समेत अवतरण समेत सकिरहेको अवस्था छैन । हाल विमानस्थलको लम्बाइ सात सय ५० मिटर छ ।

    यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकियो भने ७२ सिटे जहाज अवतरण सक्छन् । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् । साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज बस्न पनि छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीले बताए । उक्त विमानस्थलको केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन समेत गरेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend