images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • बिमा पोलिसी सरेण्डर बढेर साढे ८...

बिमा पोलिसी सरेण्डर बढेर साढे ८ अर्ब पुग्यो, (कुनको कति) ?

बिमा पोलिसी सरेण्डर बढेर साढे ८ अर्ब पुग्यो, (कुनको कति) ?

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । बिमा पोलिसी सरेण्डर (समर्पण) गर्ने क्रम बढेको छ । बिमा प्राधिकरणकाअनुसार चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँको पोलिसी समर्पण भएको हो । जुन गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा १३.५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बिमितले ७ अर्ब ५६ करोड ५० लाख १५ हजार रुपैयाँको पोलिसी सरेण्डर गरेको प्राधिकरणले जनाएको छ ।

    images
    images

    प्राधिकरणका अनुसार माघ मसान्तसम्म ८ अर्ब ५९ करोड २ लाख २ हजार रुपैयाँका ६२ हजार ५२३ वटा पोलिसी सरेण्डर भएका हुन् ।राष्ट्रिय जीवन बिमा कम्पनीमा ७८ करोड ६४ लाख ४८ हजार रुपैयाँका ८ हजार ४९१ वटा, नेशनल लाइफमा ५५ करोड १५ लाख रुपैयाँका ३ हजार ७२० वटा, नेपाल लाइफ इन्स्योरेन्समा २ अर्ब ३६ करोड २४ लाख रुपैयाँका १४ हजार २५ वटा पोलिसी सरेण्डर भएको छ ।

    प्राधिकरणका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)मा २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँका १५ हजार ३६२ वटा, मेट लाइफमा २४ करोड १२ लाख रुपैयाँका २ हजार ९५ वटा, एशियन लाईफको ५४ करोड १९ लाख रुपैयाँका ५ हजार १११ वटा, आइएमई लाइफमा १२ करोड ३१ लाखका १ हजार ७३, सन नेपाल लाइफमा ४ करोड ५५ लाख रुपैयाँका ४४५ वटा पोलिसी समर्पण भएका छन् ।

    images
    images

    यस्तै रिलायबल नेपाल लाइफमा ६ करोड ४३ लाखका ९६५ वटा, सिटिजन लाइफमा १४ करोड ९१ लाखका १ हजार ६६० वटा, सूर्यज्योति लाइफमा ४६ करोड ९९ लाखमा ३ हजार ४८३ वटा, सानिमा रिलायन्समा १५ करोड ३६ लाखका १ हजार ७७ वटा, हिमालयन लाइफको ३७ करोड ८१ लाख रुपैयाँका ४ हजार १३७ वटा र प्रभु महालक्ष्मी लाइफको १२ करोड ४६ लाख रुपैयाँका ८८२ वटा पोलिसी सपर्मण भएका छन् ।

    कुनै पनि व्यक्तिले जीवन बीमा गर्यो र उसले समय अवधि नपुग्दै आफुले लिएको पोलिसी बीचमै छोड्यो भने त्यसलाई पोलिसी सरेण्डर भनिन्छ ।बीमा प्राधिकरणले बीमा पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्था गरेको छ । प्राधिकरणले बीमालेख खरिद गरेको ३ वर्षपछि पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्था गरेको हो ।बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ ।

    नेपालमा आर्थिक गतिविधि सुस्त हुनका साथै बिमितको आर्थिक अवस्था कमजोर हुँदा, सहकारी संस्थामा समस्या देखिँदा, नेपालमा सम्पत्ति सम्बन्धी व्यवस्थामा कडाइ हुँदै जाँदा पोलिसी सरेण्डर बढ्ने क्रममा रहेको बिमा कम्पनीका अधिकारीहरुको दाबी छ ।बिमा पोलिसी नवीकरण नगर्नेको संख्या बढ्दा बिमा कम्पनीलाई व्यबसाय बढाउन समस्या पर्ने चिन्ता पनि उत्तिकै छ ।कतिपय अवस्थामा बिमा कम्पनीका एजेन्टले वास्तविक जानकारी नगराउँदा पनि केही समयपछि पोलिसी सरेण्डर हुने गरेका छन् । त्यसले पनि समस्या निम्तिएको बिमा कम्पनीहरु बताउँछन् ।

    पोलिसी सरेण्डरका विषयमा बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र बिमा एजेन्ट नै गम्भीर बन्नुपर्ने जानकारहरुको तर्क छ । कतिपय सरेण्डर एजेन्टले हैसियतभन्दा बढीको बिमा गराइदिएका कारण पनि हुने गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend