images

२०८३ आश्विन १९ गते

images
images
images

प्रकाश सपुतको निर्देशनमा निर्माण भएको ‘बसन्त’काे गीत ‘बिना स्वादैको’ सार्वजनिक (भिडियोसहित)

प्रकाश सपुतको निर्देशनमा निर्माण भएको ‘बसन्त’काे गीत ‘बिना स्वादैको’ सार्वजनिक (भिडियोसहित)

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ ।

    images
    images

    सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् ।

    गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ ।

    images
    images

    हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।

    यो सिनेमा आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुँदैछ । सिनेमामा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो ।

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।

    भिडियो:

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend