images

२०८३ आश्विन १९ गते

images
images
images
  • कला / संस्कृति
  • ‘अञ्जिला’ को ट्रेलर ट्रेन्डिङमा, दर्शकको सकारात्मक...

‘अञ्जिला’ को ट्रेलर ट्रेन्डिङमा, दर्शकको सकारात्मक प्रतिक्रिया (भिडिओ)

‘अञ्जिला’ को ट्रेलर ट्रेन्डिङमा, दर्शकको सकारात्मक प्रतिक्रिया (भिडिओ)

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं। यही फागुन २९ गते रिलिजको तयारीमा रहेको नेपाली फिल्म’अञ्जिला’को शुक्रवार सार्वजनिक गरिएको ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको फिल्म सेक्सनको दोस्रो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दासम्म ७ लाख ४२ हजार ८ सय २० भ्युज रहेको ट्रेलरले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

    images
    images

    ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । दर्शकहरूले एन्जिलालाई आफ्नै वास्तविक कथामा बनेको फिल्ममा अभिनेत्रीको रूपमा समेत आफैँले निभाएको भूमिकामा अभिनयको प्रशंसा गरेका छन् ।

    युट्युबमा ट्रेलर हेरेपछि धेरै दर्शकहरूले भावुक भएको प्रतिक्रिया जनाएका छन् । यस फिल्मले नेपाली चेलीहरूको कथालाई प्रतिनिधित्व गरेको र यसले नेपाली खेलाडीहरूलाई मात्र नभई यस्तै सङ्घर्षबाट गुज्रिरहेका कैयन नेपाली चेलीहरूलाई समेत प्रोत्साहन गर्ने विश्वास दर्शकहरूले व्यक्त गरेका छन् । देशको नाम राख्न गौरवपूर्ण काम गर्ने खेलाडीको कथामा बनेको यस फिल्मलाई सबैले हेरी सफल बनाउन आह्वान भएका प्रतिक्रियाहरू समेत युट्युबमा प्राप्त छन् ।

    images
    images

    यस फिल्मका निर्देशक मिलन चाम्सले फिल्म ‘अञ्जिला’को ट्रेलरलाई प्राप्त दर्शकको माया र प्रतिक्रियाको लागि आभार व्यक्त गरे । उनले युट्युबको ट्रेन्डिङमा दोस्रो स्थानमा पुगेकोमा खुसी व्यक्त गर्दै, फिल्मलाई पनि यसरी नै माया गर्न दर्शकहरूलाई आग्रह गरेका छन् । चाम्सले विशेष गरी खेल प्रेमी र खेलाडीहरूलाई यो फिल्म हेर्न अनुरोध गरेका छन् । ‘यो खेलाडीको कथामा यो फिल्म हो । अन्य दर्शकहरूले त हेरिहाल्नु हुन्छ, खेल प्रेमी र खेलाडीहरू प्रति मेरो विनम्र आग्रह छ की यो फिल्म हामीले सफल गराउन सकियो भने आगामी दिनमा खेलसम्बन्धी फिल्महरू बनाउन नेपाली फिल्म निर्माताहरूले लगानी गर्नेछन्,’ चाम्सले बताए ।

    यस फिल्ममा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौंमा गरिएको छ । फिल्मको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend