images

२०८३ आश्विन १६ गते

images
images
images

एक्सेल विकास बैंकले चैत ११ गते डाक्यो साधारण सभा

एक्सेल विकास बैंकले चैत ११ गते डाक्यो साधारण सभा

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी चैत ११ गते सोमबार उन्नाइसौँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले झापाको विर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

    images
    images

    सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालक समितिको बैठक भत्ता बढाउने विशेष प्रस्ताव पेस गरिनेछ।

    साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सञ्चालक पदमा गरेको नियुक्ति अनुमोदन गर्नेछ।

    images
    images

    सभा प्रयोजनार्थ बैंकले फागुन २९ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend