images

२०८३ आश्विन १९ गते

images
images
images

माघ मसान्तसम्ममा सिमेन्ट निर्यात २० प्रतिशतले घट्यो

माघ मसान्तसम्ममा सिमेन्ट निर्यात २० प्रतिशतले घट्यो

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को माघ मसान्तसम्म गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा सिमेन्ट निर्यातमा गिरावट आएको हो ।

    images
    images

    तुलनात्मक रुपमा गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सिमेन्टको निर्यातमा २०.३७ प्रतिशतले गिरावट आएको भन्सार विभागले जानकारी दिएको छ । 

    विभागका अनुसार चालु आवको माघ मसान्तसम्म १ अर्ब ६४ करोड १० लाख रुपैयाँको ११ लाख ५३ हजार ४१० टन सिमेन्ट निर्यात भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ६ करोड ८ लाख रुपैयाँको २१ लाख ४७ हजार टन सिमेन्ट निर्यात भएको थियो । 

    images
    images

    नेपालबाट भारतमा सिमेन्ट र क्लिंकर निर्यात हुँदै आएको छ । माघ मसान्तससम्म ५५ करोड १५ लाख रुपैयाँको ४ लाख ६४ हजार ७७७ टन क्लिंकर र १ अर्ब ८ करोड ९५ लाख रुपैयाँको ६ लाख ८८ हजार ६३२ टन पोर्टल्याण्ड सिमेन्ट निर्यात भएको हो ।

    यो अवधिमा १५ करोड ५३ लाख रुपैयाँको सिमेन्ट र क्लिंकर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । उक्त सबै सिमेन्ट भारतबाट आयात भएको हो ।

    भारतले नेपाली सिमेन्टलाई गुणस्तरमा कडाइ गरेपछि निर्यात घटेको व्यवसायीहरू बताउँछन् । भारतले अन्य देशबाट आफ्नो देशमा आयात हुने बस्तुभाउको गुणस्तर मापन गर्ने गर्दछ । ब्यूरो अफ इन्डीयन स्टान्डर्ड (बीआईएस)ले नेपालबाट भित्रने सिमन्टहरुलाई गुणस्तर प्रमाणपत्र दिएपछि मात्रै यताबाट निर्यात हुन्छ । तर, यस्तो प्रमाणपत्र जारी र नवीकरण नै भारतले रोकेको नेपाल सिमेन्ट उत्पादक संघमा अध्यक्ष रघु नन्दन मारूले बताए । जसले गर्दा उत्पादन भएका सिमेन्ट पनि नेपाली व्यवसायीले निर्यात गर्न समस्या भएको उनले जानकारी दिए । 

    उनले भने, 'पछिल्लो समय भारतले गुणस्तर प्रमाणपत्र जारी तथा नविकरण नगरिदिइदाँ हाम्रो सिमेन्टहरु निर्यात रोकिएको हो ।’नेपालको सिमेन्टको गुणस्तर नै कमसल हो ? भन्ने प्रश्नमा उनले भने, 'होइन । भारतको भन्दा हाम्रो सिमेन्ट नै गुणस्तर हो । तर, बीआईएसले गुणस्तर पमाणपत्र जारी र नविकरण रोकेको छ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend