images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३८औं साधारण...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३८औं साधारण सभा सम्पन्न

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३८औं साधारण सभा सम्पन्न

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०/८१ को ३८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

    images
    images

    फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पृथ्वी बहादुर पाँडे सहित दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी र मदन कुमार आचार्यको निर्विरोध निर्वाचित भएका छन्।

    सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक  पदको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका छन्।

    images
    images

    आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०८०/८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल निक्षेप ४६ अर्ब ५८ करोड रूपैयाँले वृद्धि भई ४ खर्ब ७ अर्ब रूपैयाँ पुगेको छ।

    त्यसैगरी आर्थिक वर्ष २०८०/८१  को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रूपैयाँले वृद्धि भई ३ खर्ब १८ अर्ब रूपैयाँ पुगेको छ।

    अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रूपैयाँ रहेको थियो। यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रूपैयाँ र कुल सेयरधनी कोश ६० अर्ब १७ करोड रूपैयाँ पुगेको छ।

    हाल बैंकले २७२ शाखा, २६६ एटिएम, १६ राजस्व संकलन काउन्टर सहित ६५ एक्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङ मार्फत ३२ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend