images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • सात महिनामा चार लाख बढी नेपाली...

सात महिनामा चार लाख बढी नेपाली बिदेशिए, कुन महिना कति गए?

सात महिनामा चार लाख बढी नेपाली बिदेशिए, कुन महिना कति गए?

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनामा चार लाख ६५ हजार ५०८ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्ममा  चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृत लिएका हुन् । 

    images
    images

    त्यसमा दुई लाख ७४ हजार ६२२ जना भने नयाँ श्रम स्वीकृत अर्थात् पहिलो पटक वैदेशिक रोजगारमा गएका हुन् । बाँकी एक लाख ९० हजार ८८९ जना भने श्रम स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारमा गएको तथ्यांकमा उल्लेख छ । 

    चालु आवको मंसिर महिनामा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या उच्च देखिन्छ । उक्त महिनामा ८४ हजार २२६ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा ४२ हजार ९०६ जना नेपाली कामदार नयाँ श्रम स्वीकृति लिएका थिए । 

    images
    images

    नयाँ श्रम स्वीकृतितर्फ भने माघ महिनामा धेरै नेपाली वैदेशिक रोजगारमा गएका छन् । माघमा ४४ हजार १८३ जना नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । माघमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको कुल संख्या भने ७२ हजार ४४१ रहेको छ । 

    विभागका अनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । 

    त्यसमा नयाँ श्रम स्वीकृति लिएर जानेमा साउनमा ३६ हजार ९२८, भदौमा ३९ हजार ५५७, असोजमा ३४ हजार १६९, कात्तिकमा ३६ हजार ८२४, मंसिरमा ४२ हजार ९०६, पुसमा ४० हजार ५५ र माघमा ४४ हजार १८३ जना रहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend