काठमाडौं । बिहीबारदेखि तीन दिनसम्म काठमाडौँका केही स्थानमा विद्युत् आपूर्ति प्रभावित हुनसक्ने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
मूलपानी १३२ केभी सबस्टेसनमा भक्तपुर–चपली १३२ केभी प्रशारण लाइनलाई ‘लुप इन लुप आउट’ गर्न बिहीबार बिहान ६ बजेदेखि शनिबार साँझसम्म तीन दिन विभिन्न स्थानमा विद्युत् सेवा प्रभावित हुनसक्ने प्राधिकरणले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।
चपली सबस्टेसन, लैनचौर सबस्टेसन, चाबहिल सबस्टेसन, बालाजु सबस्टेसन, पुरानो चाबहिल तथा महाराजगञ्ज ११ केभी स्विचिङ सबस्टेसनहरुबाट सञ्चालित वितरण केन्द्र अन्तर्गतका ११ केभी फिडरहरुबाट विद्युत् आपूर्ति हुने स्थानहरूमा विद्युत् सेवा प्रभावित हुनसक्ने प्राधिकरणको सूचनामा उल्लेख छ।




.gif)





