काठमाडौं । सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने तयारीमा रहेको याम्बालिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा साढे १० करोड बराबरको आम्दानी गरेको छ ।
यो अवधिमा कम्पनीले १० करोड ६० लाख बराबरको आम्दानी गरेको हो । जुन् सन् २०२३ को तुलनामा २३१ प्रतिशतले बढी हो । गत वर्ष यस अवधिमा कम्पनीले ३ करोड २० लाख आम्दानी गरेको थियो ।
याम्बालिङ हाइड्रोपावर नोभेम्बर २१, सन् २००७ मा निजी लिमिटेड कम्पनीका रुपमा स्थापना भएको थियो । कम्पनीले सिन्धुपाल्चोकमा रहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
याम्बालिङ हाइड्रोपावर कम्पनीले १०० रुपैयाँ अंकित दरले २८ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले २८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ ।




.gif)





