images

२०८३ आश्विन २१ गते

images
images
images

बजारमा एभोकाडोको मूल्य बढ्यो, प्रतिकिलो कति?

बजारमा एभोकाडोको मूल्य बढ्यो, प्रतिकिलो कति?

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । बजारमा एभोकाडोको मूल्य बढेको छ।

    images
    images

    माग अनुसारको आपूर्ति नभएकाले एभोकाडोको मूल्य बढेको फलफूल व्यवसायी रामेश्वर सुवेदीले जानकारी दिए।

    'बजारमा एभोकाडोको आपूर्ति एकदमै न्यून छ। माग भने बढेको छ,' उनले भने।

    images
    images

    उनका अनुसार एभोकोडोको मूल्य बढेको एक महिना हुन लाग्यो। नेपाली एभोकाडोको सिजन सकिएकाले मूल्य बढ्न थालेको हो। अहिले बजारमा स्वदेशी एभोकाडो थोरै मात्रामा आएको छ। त्यस्तै बजारमा विदेशी एभोकाडो पनि छन्। 

    एभोकाडोको आकार र गुणस्तर अनुसार मूल्य फरक छन्। अहिले बजारमा एभोकाडो प्रतिथोक मूल्य चार सय ५० देखि पाँच सय ५० रूपैयाँ किलोमा कारोबार भइरहेको उनले जानकारी दिए।  

    एक महिना अघि एभोकाडो प्रतिकिलो थोक मूल्य दुई सय २० देखि तीन सय रूपैयाँसम्म थियो। 

    एभोकाडोको थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। 

    अहिले एभोकाडो प्रतिकिलो पाँच सय ८० देखि ६ सय रूपैयाँसम्म तिरिरहेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend