images

२०८३ आश्विन २० गते

images
images
images

कन्डम किन्दा १४ करोड बाहिरियो, १ करोड ८६ लाख थान आयात

कन्डम किन्दा १४ करोड बाहिरियो, १ करोड ८६ लाख थान आयात

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । सात महिनामा १ करोड ८६ लाख थान कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा १४ करोड ५ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको हो ।

    images
    images

    यसअघि पुस महिनासम्म पुस मसान्तसम्म यस्तो आयात १ करोड ७७ थान थियो । सो अवधिभित्र १२ करोड ६२ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो । 

    यो हिसाबले माघ महिनाको आयात मात्रै ९ लाख २० हजार थान भएको देखिन्छ । यसका लागि कुल १ करोड ४१ लाख रुपैयाँ खर्च भएको विभागको तथ्यांक छ । 

    images
    images

    पुसको एकै महिनामा २ करोड ७ लाख रुपैयाँ बराबरको १९ लाख ३९ हजार थान आयात भएको भन्सार विभागको तथ्यांक छ ।

    नेपालमा आयात हुने अधिकांश कन्डम भारतबाट आउने गरेको छ । त्यसबाहेक थाइल्याण्ड, चीन, मलेसिया, दक्षिण कोरिया  र जावानबाट समेत यस्तो आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend