images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्से झिनो अंकले बढ्यो, कारोबार...

नेप्से झिनो अंकले बढ्यो, कारोबार १४ अर्ब नजिक

नेप्से झिनो अंकले बढ्यो, कारोबार १४ अर्ब नजिक

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  सोमबार झिनो अंकले बढेको छ । आज बजारमा करेक्सन आएसँगै नेप्से झिनो अंकले बढेको हो । निरन्तर बुल ट्रेन्डमा रहेको बजारमा आज निकै उतारचढाव देखिएको थियो । 

    images
    images

    आज नेप्सेमा देखिएको उतारचढाव नेप्सेको करेक्सनको रुपमा लगानीकर्ताले हेरेका छन् । आज नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेको छ । आज नेप्से झिनो अंकले बढेको भएपनि सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स भने घटेको छ । 

    सोमबार ११५ वटा कम्पनीको शेयर मूल्य बढ्दा करिब १४ अर्ब रुपैयाँको कारोबार भएको छ । आज १२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    आज १३ अर्ब ९१ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर १ लाख ७० हजार ५५९ पटक किनबेच भएको छ । आज मुक्तिनाथ कृषि कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्तको शेयर करिब १० प्रतिशतले घटेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend