images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा नाघ्यो १० अर्ब...

सेयर बजारमा नाघ्यो १० अर्ब कारोबार

सेयर बजारमा नाघ्यो १० अर्ब कारोबार

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • काठमाडौं -सोमबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । यस दिन बजार खुलेको ४ मिनेटमै नेप्से परिसूचकले २५०४ अंकमा पुग्यो । तर सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । त्यसपछि सम्हालिएको बजार २ बजे २४८१ अंकमा कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ अंक कमी हो ।

    images
    images

    २ बजेसम्म बजारमा १० अर्बको कारोबार भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १४९ को घटेको छ भने ७ को स्थिर छ । २ बजेसम्म उत्पादन, अन्य, व्यापार फाइनान्स र हाइड्रोपावर समूहका सूचक हरियो भए पनि अरु सबै घटेका छन् ।

    बैंकिङ सूचक सबैभन्दा धेरै १.४ प्रतिशत घटेको छ भने उत्पादन सबैभन्दा धेरै १.९ प्रतिशत बढेको छ । हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, कुमारी बैंक, हिमालयन डिस्टिलरी र लक्ष्मी सनराइज बैंक कारोबारका आधारमा क्रमशः अगाडि देखिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend