images

२०८३ आश्विन २५ गते

images
images
images

प्रतिनिधिसभाको बैठकआज दिनको १ बजे बस्दै

प्रतिनिधिसभाको बैठकआज दिनको १ बजे बस्दै

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौँ, १२ फागुनः संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ ।

    images
    images

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आ.व. २०८०।०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यस्तै, शेरबहादुर कुँवरले ‘सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभाबले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरूबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गर्ने कार्यसूची छ ।

    images
    images

    उक्त प्रस्तावमाथी दयाल बहादुर शाही र पुष्प बहादुर शाहले स्पष्टीकरण माग गर्नेछन् ।

    यस्तै, राजेन्द्र बजगाईले ‘नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    उक्त प्रस्तावका समर्थक उदय शमशेर ज.ब.रा.र सञ्जयकुमार गौतमले समर्थन गर्ने महासचिव पदम प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend