images

२०८३ आश्विन १६ गते

images
images
images

सिटिजन लाइफ इन्स्योरेन्सको २८.४% लाभांश घोषणा।

सिटिजन लाइफ इन्स्योरेन्सको २८.४% लाभांश घोषणा।

images
images
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८०।८१ को आकर्षक लाभांश घोषणा गर्दै हर्षको सन्देश फैलाएको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा २६.९८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश समावेश छ।

    images
    images

    शेयरधनीहरूको लगानीलाई थप मजबुत बनाउन गरिएको यो निर्णयले कम्पनीको दीर्घकालीन रणनीति र समृद्ध भविष्यप्रति प्रतिबद्धता झल्काउँछ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पश्चात्, आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ।

    सिटिजन लाइफ इन्स्योरेन्सको यो निर्णयले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। कम्पनीको मजबुत वित्तीय स्थिति र लगानीकर्ता प्रतिको उत्तरदायित्व झल्काउने यस घोषणाले शेयरधनीहरूलाई आर्थिक लाभ मात्र नभई विश्वसनीयताको पनि थप आधार प्रदान गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend