images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • फागुन २२ देखि माछापुच्छ्रे क्यापिटल लिमिटेडले...

फागुन २२ देखि माछापुच्छ्रे क्यापिटल लिमिटेडले मिचुअल फण्डको ईकाई निष्काशन गर्ने

फागुन २२ देखि माछापुच्छ्रे क्यापिटल लिमिटेडले मिचुअल फण्डको ईकाई निष्काशन गर्ने

images
images
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौंः माछापुच्छ्रे क्यापिटल लिमिटेडले मिचुअल फण्डको ईकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत एमबीएल इक्विटी फण्ड नामको म्युचुअल फण्डको इकाई निष्काशन गर्न लागेको हो । 

    images
    images

    १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागिएको क्यापिटलले जानकारी दिएको छ । प्रति इकाई १० रुपैयाँमा खरिद गर्न सकिने छ । कुल निष्काशन मध्ये १४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाई  कोष प्रबर्दक माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई छुट्याइएको जनाइएको छ । 

    बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गर्ने क्यापिटलले उल्लेख गरेको छ । यो बन्दमुखी प्रकृति योजनाको हो । जसको अवधि १२ वर्ष रहेको छ । 

    images
    images

    उक्त इकाईमा फागुन २२ देखि २६ गते सम्म आवेदन दिन सकिने छ । यदि उक्त समयमा सबै इकाई बिक्री नभएमा चैत ७ गते सम्म आवेदन खुला रहने क्यापिटलले जानकारी दिएको छ । न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाई खरिदका लागि आवेदन दिन सकिने छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend