images

२०८३ आश्विन २० गते

images
images
images

इन्दु शंकर चिनी उद्योगद्वारा किसानलाई १ अर्ब २२ करोड भुक्तानी

इन्दु शंकर चिनी उद्योगद्वारा किसानलाई १ अर्ब २२ करोड भुक्तानी

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-८ स्थित इन्दु शंकर चिनी उद्योगले उखु किसानहरूलाई भुक्तानी गरेको छ। चालु सिजनको क्रसिङ पुस पहिलो साताबाट सुरु गरेको उद्योगले माघ ३० गतेसम्म करिब २३ लाख ४३ हजार क्विन्टल उखु प्रशोधन गरिसकेको छ।

    images
    images

    उद्योगका प्रशासकीय प्रवन्धक ठाकुर प्रसाद नेपालका अनुसार उद्योगले किसानहरूलाई उखु बिक्री गरेपछि एक हप्ताभित्रै भुक्तानी दिँदै आएको छ। हालसम्म किसानहरूलाई कुल रु १ अर्ब २२ करोड ३५ लाख ४४ हजार भुक्तानी गरिसकिएको छ।

    उखु प्रवन्धक योग नारायण रजकका अनुसार उद्योगले यस वर्ष अघिल्लो वर्षको तुलनामा ६ लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। साथै, उन्नत जातको उखु बीउ वितरण, माटो परीक्षण, आधुनिक कृषि उपकरण हस्तान्तरण, उत्पादन प्रविधिको प्रशिक्षण, र स्थलगत अवलोकनमार्फत किसानहरूलाई थप सक्षम बनाउने योजनासमेत अघि बढाइएको छ।

    images
    images

    सरकारले किसानलाई रु ७० प्रति क्विन्टल अनुदान दिने निर्णय गरेको छ भने उद्योगले रु ५८५ थपेर कुल रु ६५५ प्रति क्विन्टल भुक्तानी गरिरहेको छ। देशभरका चिनी उद्योगहरूमध्ये समयमै भुक्तानी गर्ने उद्योगका रूपमा इन्दु शंकर चिनी उद्योगले करिब १२ हजार किसानहरूसँग उखु खरिद गर्दै आएको जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend